Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र डी भी एक्सिलसबीच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

अर्थ संसार

शनिबार, १६ साउन २०७८, ०८ : ५९ मा प्रकाशित

नबिल बैंक र डी भी एक्सिलसबीच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

नबिल बैंक र डी भी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका  किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँचको प्रदान गर्न सहकार्य भएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले  यस सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसैगरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चिताबाट लाभ लिन सक्दछन् ।

उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र निरज बस्नेत (डनिल), एसएमईका प्रमुख तथा लघुवित्तको उपस्थिति रहेको थियो । साथै डी भी एक्सिलसको तर्फबाट मुख्य संचालन अधिकृत किरण नायर तथा  मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको