Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १४ : ४० मा प्रकाशित

ग्लोबल आइएमई बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०७०/७१ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

त्यसैगरी, बैंकले आर्थिक वर्ष २०७३/७४, २०७५/७६ र २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका शेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न तथा शेयर भौतिक रुपमा रहेका शेयरधनीको हकमा यथाशिघ्र अभौतिकरण गर्न पनि अनुराेध गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6113926678c41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको