Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको नाफा ६९.८६ प्रतिशतले बढ्यो, रिजर्भमा १६२.९२ प्रतिशतको बढोत्तरी !

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०९ : ५० मा प्रकाशित

गुडविल फाइनान्सको नाफा ६९.८६ प्रतिशतले बढ्यो, रिजर्भमा १६२.९२ प्रतिशतको बढोत्तरी !

गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १८ करोड ३१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६९.८६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा फाइनान्सले १० अर्ब ८ करो रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी ७ अर्ब ३७ करोड भन्दा बढि कर्जा लगानी गरेको छ ।  

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २६ करोड ५५ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २.१० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २७ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म फाइनान्सको सञ्चालन नाफा ५५.४९ प्रतिशतले घटेर ६ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको सञ्चालन नाफा १५ करोड ३ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको जगेडा कोषमा १ अर्ब १३ करोड १९ लाख रुपैयाँ सञ्चित छ । फाइनान्सको रिजर्भको आकार गतबर्षको तुलनामा १६२.९२ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसाबाट बढेर २१ रुपैयाँ १२ पैसा पुगेको छ  । फाइनान्सको पीई रेसियो ३२.२८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको