Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ लाख ९५ हजार कित्ता सेयर सूचीकृत

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १३ : ०५ मा प्रकाशित

नेप्सेमा ९ लाख ९५ हजार कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

स्टकका अनुसार नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब महिला सहयात्राका शेयरधनीहरूको सेयर नेशनल माइक्रोफाइनान्सको नामबाट खातामा देखिनेछ । 

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते, बुधबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । 

61161f17b930b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको