Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको लिलामी सेयर बाँडफाँड, आइतबारदेखि पैसा फिर्ता हुने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १४ : ३६ मा प्रकाशित

अपि पावरको लिलामी सेयर बाँडफाँड, आइतबारदेखि पैसा फिर्ता हुने

अपि पावर कम्पनी लिमिटेडले साउन १३ गते, बुधबारबाट साउन २० गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

कम्पनीले जेठ २० गतेदेखि असार १३ गते, आइतबार निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

बोलपत्रको अन्तिम मूल्य ४८१ रूपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा ४६ प्रतिशतका दरले बाँडफाँड गरिएको कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, उक्त बाँडफाँडमा नपरेको सेयर बापतको रकम साउन ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

611633b683ee0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको