Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १६ : २७ मा प्रकाशित

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । 

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधाहरु उपभोग गर्न सक्नेछन । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रा सम्बन्धी अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।  

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने, “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुवै बैंकका ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।” 

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राºट लगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैंकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको