Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : एक्सचेन्ज बाहिर कारोबार सम्भव छ ? कसरी हुन्छ ?

नेप्से

बुधबार, २४ कार्तिक २०७८, १२ : २३ मा प्रकाशित

सेयर शिक्षा : एक्सचेन्ज बाहिर कारोबार सम्भव छ ? कसरी हुन्छ ?

सामान्य अवस्थामा सूचीकृत धितोपत्रहरुको स्टक एक्सचेन्जभन्दा बाहिर कारोबार हुन सक्दैन् ।

धितोपत्रको कारोवार स्टक एक्सचेञ्ज भन्दा बाहिर पनि हुन सक्दछ । नेपालमा सूचीकरण नभएका धितोपत्रको कारोबारका लागि स्टक एक्सचेन्जले नै ओभर द काउन्टर (ओटिसी) मार्केट सञ्चालन गरिरहेको छ ।

सरकारी ऋणपत्रहरुको कारोबार स्टक एक्सचेन्जभन्दा बाहिर समेत हुने गरेको छ । यस्तै नागरिक लगानी कोषले सञ्चालन गरेको नागरिक एकांक योजना अन्तर्गत निष्कासित एकांकहरुको बिक्री तथा पुनःखरिद कार्य नागरिक लगानी कोष स्वयंले गर्दै आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज के हाे ?

सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने मुख्य उद्देश्य स्टक एक्सचेन्जको हुन्छ । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रुपान्तरण गरिएको हो ।

नेप्सेले सार्वजनिक रुपमा जारी भएका धितोपत्रहरुको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ ।

सूचीकरण भएका धितोपत्रहरुको किनबेचका लागि नेप्सेले अनलाइन कारोबार प्रणाली उपलब्ध गराउँदै आएको छ । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरु लाई धितोपत्र किनबेच सेवा प्रदान गर्न सक्छन् ।

(स्राेत : नेपाल स्टक एक्सचेञ्ज) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको