Like us!
Follow us!
Connect us!
Watch us!

उच्च विन्दुबाट १७ प्रतिशतले घट्यो नेप्सेः व्यापार समूह सर्वाधिक घट्दा अन्यको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १७ : ३४ मा प्रकाशित

उच्च विन्दुबाट १७ प्रतिशतले घट्यो नेप्सेः व्यापार समूह सर्वाधिक घट्दा अन्यको अवस्था कस्तो ?

विश्वव्यापी रूपमा फैलिएकाे माहामारी काेराेना भाइरस (कोभिड-१९) को प्रभावले बन्द भएको सेयर बजार खुलेसँगै बजारमा सकारात्मक प्रभाव देखिन थालेको थियो । फुर्सदको समय सदुपयोग गर्दै लगानीकर्ताहरुले लगानी गर्ने तथा अन्य लगानीका विभिन्न सीपहरु सिकेका थिए र प्रविधिको विकासले टिएमएस प्रयोग गर्दै लगानीकर्ताहरुले घरबाट नै सेयर बजारमा लगानी गर्दै नयाँ लगानीकर्ताको सेयर बजारमा प्रवेशको दर बढेको थियो । आईपीओमा देखिएको लगानीकर्ताको आकर्षण तथा सकारात्मक विषयको प्रवाह देखिएको सेयर बजारले बुलिस लयमा थियो।

केही समयको बजारको सकारात्मक प्रभाव पश्चात सेयर बजारमा एकाएक नकारात्मक प्रभाव देखिन थाल्यो । केही करेक्सन देखाउँदै बुलिस लयमा बढेको सेयर बजारले उच्च प्रदर्शन गरिरहेको थियो यसै समयमा धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम जारी गर्दै लगानी गर्न जोखिमयुक्त घोषणा गर्यो जसले सेयर बजारमा धेरै गिरावट देखायो । सेयर बजार उक्त गिरावट पछि पुनः लयमा आउन नपाउँदै नेपाल राष्ट्र बैंकले ४-१२ को सेयर कर्जाको क्याप लगायो जसकाे कारण सेयर बजार अहिलेसम्म पनि राम्रो लयमा फर्किन सकेको छैन । सन् २०२१ सेप्टेम्बर १८ तारिख सर्वाधिक ३१९९.०३ विन्दुमा नेप्से परिसुचकमा नाेभेम्बर २९ तारिख सम्ममा १७.७८ प्रतिशतले गिरावट आएर २६३०.०१ विन्दुमा वन्द भएकाे थियाे ।

यस अवधिमा सेक्टर अनुसार हेर्दा बैंकिङ्ग सबइन्डेक्स सन् २०२१ साल जुलाइ २५ गते सर्वाधिक २१७५.१९ विन्दुमा रहेकोमा सन् २०२१ साल नाेभेम्बर २९ गतेसम्म आइपुग्दा १८.७२ प्रतिशतले घटेर १७६७.९४ विन्दुमा झरेकाे छ । होटल तथा पर्यटन इन्डेक्स सर्वाधिक ४१२८.४७ विन्दुमा काराेबार भएकाेमा यस अवधिसम्म २२.९१ प्रतिशतले घटेर ३१८२.३० विन्दुमा झरेकाे छ। हाइड्रोपवर इन्डेक्स सर्वाधिक ३८७४.४२ विन्दुमा कारोबार भएकोमा अहिले १३.१२ प्रतिशतले घटेर २०४७.४३ विन्दुमा झरेकाे छ । डेभलपमेन्ट बैंक सर्वाधिक ६२९२.८९ विन्दुमा कारोबार भएकोमा अहिले २२.४० प्रतिशतले घटेर ४८९६.१७ विन्दुमा झरेकाे छ । 

यसैगरी, उत्पादन तथा प्रशोधन क्षेत्र सर्वाधिक ७४७४.६६ विन्दुमा कारोबार भएकोमा यस अवधिसम्म आउँदा १७.४९ प्रतिशतले घटेर ६१६७.३२ विन्दुमा झरेकाे छ । नन लाइफ इन्स्योरेन्स क्षेत्र सर्वाधिक १५४८६.३३ विन्दुमा कारोबार भएकोमा अहिले २४.६१ प्रतिशतले घटेर ११६७४.६५ विन्दुमा झरेकाे छ। फाइनान्स क्षेत्र पछिल्लाे ५२ हप्तामा सर्वाधिक ३२९१.५५ विन्दुमा कारोबार भएकोमा अहिलेसम्म आउँदा २५.४२ प्रतिशतले घटेर २४५४.८३ विन्दुमा झरेकाे छ । माइक्रो फाइनान्स क्षेत्र सर्वाधिक ५९८२.९७ विन्दुमा कारोबार भएकोमा यस अवधिसम्म आउँदा १०.४३ प्रतिशतले घटेर ५०८९.७१ मा झरेकाे छ । लाइफ इन्स्योरेन्स क्षेत्र सर्वाधिक १८९९७.४२ विन्दुमा कारोबार भएकोमा अहिले २६.०८ प्रतिशतले गिरावट आई १४०४१.८७ विन्दुमा झरेकाे छ । म्युचुअल फण्ड समूह १८.३२ विन्दुमा कारोबार भएकोमा यस अवधिसम्म आउँदा १६.४३ प्रतिशतले घटेर १५.३१ विन्दुमा झरेकाे छ । लगानी समूह ५२ हप्ताअघि सर्वाधिक १२३.२८ विन्दुमा कारोबार भएकोमा अहिले ३२.९८ प्रतिशतले घटेर ८२.६१ विन्दुमा झरेकाे छ। व्यापार समूह ४६३८.४५ विन्दुमा रहेकाेमा ३९.६८ प्रतिशतले घटेर २७९७.६२ विन्दुमा झरेकाे छ । त्यस्तै, अन्य समूह सर्वाधिक २३५६.६४ विन्दुमा रहेकोमा अहिले १३.१२ प्रतिशतले घटेर २०४७.४३ विन्दुमा झरेकाे छ।

गत ५२ हप्ताकाे अवधिमा नेप्से परिसूचक १७.७८ प्रतिशतले घटेर ३१९९.०३ (२०२१-८-१८) विन्दुबाट घटेर २६३०.०१ (२०२१-११-२९) विन्दुमा झरेकाे छ ।

उपसमूहकाे हिसावले हेर्दा सबैभन्दा धेरै व्यापार समूह ३९.६८ प्रतिशतले घटेकाे छ भने सबैभन्दा थाेरै लघुवित्त समूह १०.४३ प्रतिशतले घटेकाे छ ।

(नेाट : तलकाे तालिकामा तथा माथि समाचारमा उल्लेखित तथ्यांकहरू नेप्सेकाे सर्वाधिक उच्च विन्दु र मंसिर १३ गते, साेमबार काराेबार बन्द भएपछिकाे तथ्यांकमा आधारित छ । यस्तै, उपसमूहहरूकाे प्रदर्शन भने ५२ हप्ताकाे सर्वाधिक उच्च विन्दुबाट तुलना गरिएकाे हाे । )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको