Like us!
Follow us!
Connect us!
Watch us!

५ महिनापछि नेप्सेको RSI ६० माथि: ५० दिनको मुभिंग एभरेज भयो ब्रेक , बजार बुलिश भएकै हो त ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ०१ : ४६ मा प्रकाशित

५ महिनापछि नेप्सेको RSI ६० माथि: ५० दिनको मुभिंग एभरेज  भयो ब्रेक , बजार बुलिश भएकै हो त ?

आज मंगलबार नेप्से परिसूचक ६३.०१  अंकले बढेर २६७९.९५ को विन्दूमा क्लोजिंग दिन सफल भएको छ। बजारमा उतार चढावहरु आइरहन्छन तर यस पटक बजार बढ्दै गर्दा यसभन्दा अघिको भन्दा धेरै हिसाबले फरक ढंगले बढेको छ।  

नेप्से ३२२५ बाट झरेर २२६० को बिन्दुसम्म आइपुग्दा बनेको डाउन ट्रेन्डलाइनलाइ ब्रेक गर्दै बढेको नेप्से परिसूचक आज ५० दिनको मुभिंग एभरेज भन्दा पनि माथि जान सफल रह्यो।  बजार ५० दिनको मुभिंग एभरेज भन्दा माथि जानुलाइ मिड टर्ममा बजार बुलिश भएको मानिन्छ।  अहिले बजार २०० दिनको मुभिंग एभरेज भन्दा तल नै रहेको छ । अहिले करिब  २७६० को बिन्दुतिर रहेको २०० दिनको मुभिंग एभरेजको बिन्दुलाई आगामी दिनमा नेप्सेले ब्रेक गर्न सकेको खण्डमा बजार एग्रेसिभ रुपमा बुलिश भएर जाने सम्भावना उच्च भएर जानेछ।  

आज बजार बढ्दै गर्दा  नेप्सेको डेली चार्ट्मा RSI १४ ६१.२६ को लेभलमा पुगेको छ।  गत ५ महिनामा नेप्सेको डेली चार्ट प्याटर्नमा RSI ६० भन्दा माथि गएको यो पहिलो पटक हो।  अगस्ट २४ २०२१ बाट RSI ६० भन्दा तल झर्न थालेको नेप्सेको चार्ट्मा त्यसपछि बजार बढेर २८७८ को बिन्दुमा पुग्दै गर्दा पनि RSI ६० भन्दा माथि जान सकेको थिएन।  तर आज RSI ६० भन्दा माथि जानुले एकदमै राम्रो संकेत गर्दछ।  यदि आगामी दिनमा RSI ६० को लेभल भन्दा माथि माथि नै बस्न सफल भयो भने बजारको माथितिरकै यात्रा कायम रहन सक्ने सम्भावना बढेर जानेछ।  

३२२५ बाट तल झर्दै गर्दा बनेको डाउन ट्रेन्ड तोडेर माथितिर गएको नेप्सेको क्यान्डल त्यो डाउन ट्रेन्ड लाइन भन्दा माथि माथि नै बसे सम्म नेप्सेको यात्रा माथितिरकै रहने छ।  त्यसैले सो डाउन ट्रेन्डलाइनलाइ लगानीकर्ताले एकदमै ध्यान दिएर हेर्नु पर्ने देखिन्छ।  

61d419f0a81de.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको