Like us!
Follow us!
Connect us!
Watch us!

तरलता सहज हुँदै, बैंकहरुले फटाफट कर्जा दिन थाले !

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १३ : ०५ मा प्रकाशित

तरलता सहज हुँदै, बैंकहरुले फटाफट कर्जा दिन थाले !

पछिल्लो समय बैंकिंग प्रणालीमा तरलता सहज हुन थाले संगै बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरेका छन। यस अघि धेरै बैंक तथा वित्तिय संस्थाहरुले थप ऋण प्रवाह गर्न सक्ने अवस्था नभएको भन्दै कर्जाको माग गर्दै आउने ग्राहकहरु लाई फिर्ता पठाइदिएका थिए। तर अहिले वित्तिय प्रणालीमा तरलता थपिँदै गर्दा बैंक वित्तिय संस्थाहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरिसकेका छन।  

'यस अघि सिडी रेसियो ९० भन्दा माथि गैसकेपछि हामीले  थप कर्जा प्रवाह रोकेका थियौं, अहिले सिडी रेसियो ९० भन्दा तल आइसकेको अवस्थामा नयाँ कर्जा दिन सुरु गरिसकेका छौं। ' एक कमर्सियल बैंकका उच्च अधिकारीले अर्थसंसारलाई बताए।  

यसै सन्दर्भमा  बैंकिंग प्रणालीमा तरलता सहज हुँदै गएको हो र भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले स्थानिय तहमा जाने पैसाको ८०% सम्म निक्षेपको रुपमा गणना गर्न पाउने सुविधा दिएसंगै त्यसले तरलता केहि बढेको बताए।  राष्ट्र बैंकले रि-फ़ाइनान्सिङ्गको लागि भनेर पुष महिना भित्र पठाउने भनिएको ९२ अर्ब मध्ये हिजोसम्ममा करिब ६० अर्ब बैंकिंग सिस्टममा पठाइसकेको र त्यसले पनि तरलता संकुचनलाई कम गर्न ठूलो भूमिका खेलिरहेको उनले जानकारी दिएका छन।

त्यस्तै राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रकाशित गरेको डाटा अनुसार बैंकिंग सिस्टममा एकै दिनमा ३० अर्ब डिपोजिट थपिँदा बैंक तथा वित्तिय संस्थाहरुको औसत कर्जा निक्षेप अनुपात (CD Ratio) ९०.४५ बाट घटेर ८९.८२ मा झरेको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको