Like us!
Follow us!
Connect us!
Watch us!

करिब ५ महिना पछि ट्रेडिङ्ग जोनमा प्रवेश गर्यो नेप्से, २०० दिनको मुभिङ्ग एभरेजलाई ब्रेक गर्ने सम्भावना कति ?

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १६ : ४७ मा प्रकाशित

करिब ५ महिना पछि ट्रेडिङ्ग जोनमा प्रवेश गर्यो नेप्से, २०० दिनको मुभिङ्ग एभरेजलाई ब्रेक गर्ने सम्भावना कति ?

साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक संगसंगै कारोबार रकममा समेत आकर्षक वृद्धि देखियो।  नेप्से परिसूचक करिब ७३ अंकले बढ्दा ७ अर्ब १० करोड भन्दा बढीको कारोबार भएको छ।  कारोबार रकम र नेप्से परिसूचक दुबै आकर्षक अंकले बढ्दै गर्दा बजारमा ठूलो लगानीको प्रवेश भएको अनुमान सजिलै गर्न सकिन्छ। 

अन्य इण्डिकेटरहरुले बजारमा सकारात्मक संकेत गर्दै गर्दा आज अर्को एउटा सकारात्मक घटना पनि घटेको छ।  RSI ले ६० को लेभललाई ब्रेक गर्दै ६५.६६ को बिन्दुमा पुगेको छ। RSI ६० माथि बस्नुलाई निकै सकारात्मक रुपमा लिइन्छ।  यसले बजारमा खरिद चाप बढ्दै गएको संकेत गर्दछ। प्राविधिक भाषामा RSI ६५ भन्दा माथि जानुलाई राम्रो ट्रेडिङ्ग जोनको रुपमा लिइन्छ भने ७० भन्दा माथिको RSI लाई स्ट्रंग ट्रेडिङ्ग जोन मानिन्छ।  

त्यस्तै अर्को महत्वपूर्ण घटना भनेको आज नेप्सेको क्यान्डलले २०० दिनको मुभिङ्ग एभरेजलाई  टेस्ट गर्न गएको छ।  भोलिका दिनहरुमा नेप्सेको क्यान्डल २७६५ भन्दा माथि बन्यो भने २०० दिनको मुभिङ्ग एभरेज ब्रेक हुनेछ जसले बजार प्राइमरी ट्रेन्डमै बुलिश बनेको संकेत गर्दछ। 

अबको टार्गेट कुन हुने ? 
विश्व प्रसिद्द फ़िबोनासी रिट्रेसमेन्ट टुल प्रयोग गरि नेप्सेको यसअघिको अल टाइम हाइ ३२२५ र यसअघिको लो बिन्दु २२५५ लाई आधार मानेर हेर्दा नेप्सेले आज ब्रेक गरेको २७४० को बिन्दु निकै महत्वपूर्ण बिन्दु हो।  ०.५ को रेसियो २७४० को बिन्दुलाई राम्रो भोलुम सहित क्रस गरिसकेपछि अब नेप्सेको अर्को टार्गेट ०.६१८ गोल्डेन रेसियोको लेभल २८५४ हुनेछ। 

61dac31293c7b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको