Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया टुट्याे, यस्ताे छ कारण

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १४ : ३४ मा प्रकाशित

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया टुट्याे, यस्ताे छ कारण

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर टुटेकाे छ । हिमालयन बैंक लिमिटेडकाे आज पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे छ ।

सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे हाे । विवादपछि मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो । मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४ सय १० आएको थियो । यसमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट र विपक्षमा ४२.२९ प्रतिशत भोट आएको थियो । मर्जर गर्ने भए ७५ प्रतिशत मत पक्षमा आउनु पर्दथ्याे । त्यसाे नहुँदा मर्जर भाँडिएको छ।

सभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव थियाे ।

दुवै बैंकबीच वैशाख ३० गते, बिहिबार एक आपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे। हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतम तथा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले उक्त सम्झौतापत्रमा  हस्ताक्षर गरेका थिए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, बन्यो नेपालको ठूलो बैंक

 नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको थियाे ।  

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा हिमालयनको तर्फबाट ३ जना र इन्भेष्टमेन्ट बैंकको तर्फबाट ३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

मर्जर पछि यो बैंक नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि याे बैंक हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने भनिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको