Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भोलिको दिन निर्णायक रहने : सन्दिप कुमार चौधरी

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १७ : २७ मा प्रकाशित

सेयर बजारमा भोलिको दिन निर्णायक रहने : सन्दिप कुमार चौधरी

प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले नेप्सेमा भोलिको दिन निर्णायक रहने बताएका छन्। नेप्से २८६० को विन्दुभन्दा तल जाने सम्भावना कम रहेको बताउँदै उनले अन्य इन्डिकेटरहरु सकारात्मक रहँदै गर्दा बजार धेरै तल जाने सम्भावना नरहेको बताएका हुन्।  

'भोलिको दिन बजारको लागि निर्णायक रहनेछ।  बजार २८६० भन्दा तल भोलुमसहित खस्छ भने अझै तल जाने सम्भावना रहन्छ। ' उनले भने।  
बजारले डाउन ट्रेन्ड ब्रेक गर्दै माथितिर लागिसकेपछि अब बजारको यात्रा माथितिरकै हुने तर बीच बिचमा साना साना करेक्सनहरु आइरहने बताउँदै उनले भने, ' सेयर बजार लगातार माथितिर गैरहने भन्ने पनि हुँदैन।  बीच बीचमा आउने यस्ता करेक्सनहरुले बजारलाई थप बलियो बनाउने काम गर्दछन। ' 

अलिकति लामो समयको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि यो समय सेयर खरिदकै समय रहेको बताउँदै चौधरीले भने, ' यदि भोलि बजार २८६० भन्दा माथि बाटै बढ्न थाल्छ भने ट्रेडरको लागि पनि यो खरिदको उपयुक्त समय हुनेछ। हिजो र आज बजार घट्दै गर्दा खासै भोलुम देखिएको छैन।  यसबाट बजारमा लगानीकर्ताको मनोविज्ञान बलियो अवस्थामै रहेको बुझ्न सकिन्छ।'

लगानीकर्ताले हेर्नै पर्ने ताजा भिडियो  

बजारमा केहि कुरा कदापी नगर्नुहोस,Samarkshyana Chaudhary को सेयर लगानी सुत्र | Chapter 15

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको