Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको खुद मुनाफा १३.८० प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, ०७ : १३ मा प्रकाशित

हिमालयन बैंकको खुद मुनाफा १३.८० प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशतले घटेर एक अर्ब ६ करोड २० लाख ८९ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले ९८ करोड ६४ लाख ८४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ ।

बैंकले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f0a426152c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको