Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, २० : ५४ मा प्रकाशित

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । 

यति हुँदा समेत प्रति महिलना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ । 

61f94d4757938.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको