Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा मात्र १६.३९ प्रतिशत बजेट खर्च

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १२ : ०८ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा मात्र १६.३९ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको छ । 

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको हो । 

अर्थका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

बितेका ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि विनियोजन गरिएको कूल बजेटको १६.३९ प्रतिशत मात्र खर्च भएको छ । अर्थात चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ । 

यसवर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो । 

अर्थका अनुसार २०७८ साउन देखि पुस मसान्तसम्म चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको