Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डकाे अध्यक्षमा रमेश कुमार हमाल नियुक्त, काे हुन् हमाल ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १७ : ३० मा प्रकाशित

धितोपत्र बोर्डकाे अध्यक्षमा रमेश कुमार हमाल नियुक्त, काे हुन् हमाल ?

नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे।

यसअघि अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको थियाे । डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेल सर्ट लिस्टमा परेका थिए ।

हमाल प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेकाे छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनी एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

डोटीको सिलगढीमा सामान्य परिवारमा जन्मिएका हमालले विद्यालय तहको अध्ययन भने कैलालीको धनगढीमा पूरा गरेका थिए । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा समेत काम गरेका थिए । पूर्ण छात्रवृतिमा अध्ययन गर्न थाइल्याण्डको बैंकक पुगेका हमाल लामो समय उतै बसेका थिए । बैंककबाटै इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका उनले बैंककमा छँदा त्यहाँको विद्यार्थी युनियनको अध्यक्ष समेत भएका थिए । ४५ देशका विद्यालर्थीहरुको प्रतिनिधित्व गर्दै युनियनको अध्यक्ष भएका उनी सन् २००७ देखि २०१० सम्म गैर आवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको अध्यक्ष भए । थाई–नेपाल चेम्बर अफ कमर्समा पूर्वउपाध्यक्ष समेत भइसकेका हमाल ६ वर्ष अघि नेपाल फर्किएका थिए ।

करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत हमालसँग छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको