नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २९ अर्ब ५० कराेडकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २ वर्ष अवधि भएकाे २०८० 'ङ' नामकाे १० अर्ब, ४ वर्ष अवधि रहेकाे २०८२'ङ' नामकाे १० अर्ब र २ वर्ष अवधिकाे २०८० 'च' नामकाे ९ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस