Like us!
Follow us!
Connect us!
Watch us!

फेरियो अर्थमन्त्रीको नजर: भन्छन्, "५० लाख जनता संलग्न सेयर बजारलाई प्राथमिकतामा राख्याछु"

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १३ : ०६ मा प्रकाशित

फेरियो अर्थमन्त्रीको नजर: भन्छन्, "५० लाख जनता संलग्न सेयर बजारलाई प्राथमिकतामा राख्याछु"

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले इन्ट्रा डे र शर्ट सेलिङ्ग कारोबारको तत्काल व्यवस्था गर्न धितोपत्र बोर्ड र नेप्सेलाइ निर्देशन दिएका छन। अर्थमन्त्रालयमा आज आयोजना गरिएको पुँजीबजार सम्बन्धी विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन्।  

सेयर बजारमा देखिएका समस्याहरु र ती समस्याहरुको समाधानको गर्दै सेयर बजारको विकास र स्थायित्वको लागि धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालको सक्रियतामा आयोजना गरिएको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेको बिचमा राम्रो सहकार्य हुन नसकेको पनि औल्याए।

ब्रोकर मार्फत मार्जिन लेन्डिंग, डेरिभेटिभ मार्केट, अक्सन मार्केट, ब्रोकरहरुको संख्या र क्षमता थप्ने कुरा , टिएमएसमा देखिएका समस्या हरुलाई समाधान गर्नेजस्ता विषयहरुलाई प्राथमिकतामा राख्दै काम अघि बढाउन पनि उनले निर्देशन दिएका छन्। 

अर्थमन्त्री शर्माले हाल  सक्रिय रुपमा १० लाख भन्दा धेरैले दोश्रो बजारमा कारोबार गरिरहेको र ५० लाख भन्दा बढी डिम्याट खाता खुलिसकेको भन्दै धेरै जनताको सहभागिता रहेको बजारको विकास र स्थायित्वको लागि अर्थमन्त्रालय गम्भीर रहेको स्पष्ट पारेका छन।

यसअघि सेयर बजारको बारेमा धेरै बोल्दिन भन्ने शर्मा आज पूर्ण तयारीका साथ प्रस्तुत भएका देखिन्छन। लगानीकर्ताहरुले प्रमुख रुपमा उठाउदै आएका मुद्दाहरुलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका शर्माको आजको प्रस्तुति हेर्दा सेयर बजारको बारेमा उनी निकै सकारात्मक भएका र सेयर बजारको विकासको लागि केहि खास गर्न चाहेको देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको