सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तय गरिएको । पेट्रोलियम पदार्थको यो मूल्य नेपालको इतिहासकै उच्च मूल्य भएको छ ।
आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । त्यस्तै ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६४१ रुपैयाँ २३ पैसामा खरिद गरेको ग्यासमा २८० रुपैयाँ ३० पैसा कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च र मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।
पूर्वाधारका नाममा प्रतिलिटर १५ रुपैयाँ कर थपिए पनि त्यस्तो बचत सरकारी कोषमा छैन । सुरुमा बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा रकम उठाउन थालिए पनि यो परियोजना सुरु भएको छैन ।
यसरी ९३ रुपैयाँमा किनिएको पेट्रोलमा सरकारले मात्र ५९ रुपैयाँ कर लिने गर्दछ । ९३ रुपैयाँमा किनेको पेट्रोल १५० रुपैयाँमा बेच्दासमेत आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ त्यसैले अब सरकारले लिने गरेको करमा केहि छुट दिनसके मात्र उपभोक्ताले केहि सहुलियत पाउने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस