Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले मूल्य बढाउने संकेत

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १६ : १६ मा प्रकाशित

फेरि बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले मूल्य बढाउने संकेत

इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

नयाँ सूची अनुसार निगमले १ लिटर पेट्रोल किन्दा इण्डियन आयल कर्पोरेशनलाई ११०.१३ रुपैयाँ तिर्नुपर्ने भएको छ । कर र अन्य लागत जोड्दा निगमको लागत १ सय ८२ रुपैयाँ प्रतिलिटर पुग्ने भएको छ । डिजेलको लागत मूल्य १६९.४४ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको लागत २२ सय ४० रुपैयाँ ३४ पैसा प्रति सिलिण्डर पुगेको छ ।

त्यस्तै, नयाँ आएको मूल्य सूची र अहिलेको बिक्री मूल्यका आधारमा निगमलाई मासिक १० अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्ति हेर्नुहाेस् :

6231bd1426f5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको