Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग भएको भन्दै सीआईबीमा प्रियंकाको उजुरी

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १६ : ५४ मा प्रकाशित

क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग भएको भन्दै सीआईबीमा प्रियंकाको उजुरी

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरिएको भन्दै नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् ।

केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

कार्कीले आँफुलाई कसैले बोलाएको नभई प्रहरीलाई छानबिनमा सघाउनका साथै उजुरी दिन पनि आएको र फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइन् ।

यो पनि: ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको