Like us!
Follow us!
Connect us!
Watch us!

सातामै साताैँ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १२ : ४३ मा प्रकाशित

सातामै साताैँ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा आज मंगलबार फेरि पनि पेट्राेल र डिजेलकाे मूल्य बढेकाे छ । याेसँगै भारतमा एक सातामै साताैँ पटक पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भएकाे छ ।

आज पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ ।  हालसम्म पेट्रोल-डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१  प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ।

मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको