Like us!
Follow us!
Connect us!
Watch us!

पेट्राेलियम पदार्थका डिपाे आज बिहानबाट खुल्दै

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ०७ : ३१ मा प्रकाशित

पेट्राेलियम पदार्थका डिपाे आज बिहानबाट खुल्दै

नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दाेलन फिर्ता लिएका छन् ।

याेसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

तर, व्यवसायीले ढुवानी नै राेकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेकाे हाे । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम  स्थगित भएको हो।

सहमतिपत्रमा भनिएकाे छ, 'पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिने छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको