Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरीमा पेट्राेलकाे चरम अभाव, प्रतिलिटर ३५० तिर्न बाध्य उपभाेक्ता

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १२ : ३५ मा प्रकाशित

सप्तरीमा पेट्राेलकाे चरम अभाव, प्रतिलिटर ३५० तिर्न बाध्य उपभाेक्ता

राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिबार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । कुनै पेट्रोल पम्पमा पनि पेट्राेल पाएनन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्राेलकाे  ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ। 

राजविराज- १ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो  । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

 पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्राेलियम पदार्थकाे अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दाेलनरत पक्षसहित सराेकारवालाबीच सहमति भएकाले अब पेट्राेलियम पदार्थ सहज हुने आशा गरिएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको