Like us!
Follow us!
Connect us!
Watch us!

फेरि ताेलामा एक लाख नाघ्याे सुनको भाउ, चाँदीकाे मूल्य कति ?

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, ११ : ३० मा प्रकाशित

फेरि ताेलामा एक लाख नाघ्याे सुनको भाउ, चाँदीकाे मूल्य कति ?

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा ८ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । 

चाँदीको मुल्य पनि प्रति तोलामा १० रुपैँयाको दरले बढेको छ  । आइतबार चाँदीकाे मूल्य ताेलामा एक हजार ३ सय ६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको