Like us!
Follow us!
Connect us!
Watch us!

अब नीति तर्जुमा गर्दा ४/१२ को विषयमा लगानीकर्ताका सुझावलाई 'ब्याक इन माइन्ड' राख्नेछु : गभर्नर

बसन्त पाण्डे

बुधबार, ०७ बैशाख २०७९, १३ : ४० मा प्रकाशित

अब नीति तर्जुमा गर्दा ४/१२ को विषयमा लगानीकर्ताका सुझावलाई 'ब्याक इन माइन्ड' राख्नेछु : गभर्नर

सर्बोच्चको अल्पकालीन परमादेशले निलम्बन फुकुवा भएसँगै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजैदेखि नियमित कामकाजमा फर्किएका छन। अदालतको आदेशले समग्र प्रणालीले नै न्याय पाएको  उनले  बताए। यसबिचमा आफ्नो पक्षमा बोलिदिने र लेखिदिने सम्पूर्ण संचारकर्मीहरुलाई धन्यवाद दिन चाहेको पनि उनले बताए। अदालतको यो निर्णयले राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्न ठूलो भूमिका खेल्ने पनि  उनले बताएका छन।

विशेषगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४/१२ करोडको क्याप लगाईएसँगै सेयर लगानीकर्ताहरु राष्ट्र बैंकसँग रुष्ट बनेका छन।  राष्ट्र बैंकको यो नीतिले ४/१२ को सिमाभन्दा बढी सेयर धितोकर्जा लिएकाहरुले ऋण चुक्ता गर्न ठूलो परिमाणमा सेयर बिक्रि गर्दा उच्च बिक्रि चाप आई सेयर बजार ओरालो दिशातर्फ लागेको भन्दै लगानीकर्ताहरुले ४/१२ को नीतिप्रति असन्तुष्टि जनाईरहेका छन। यसअघि सरकारले विभिन्न आरोप लगाउँदै जाँचबुझ समिति गठन गरेसँगै राष्ट्र बैंक ऐन २०५८ अनुसार उनी स्वत: निलम्बनमा परेका थिए। उनको निलम्बनसँगै लगानीकर्ताहरु ४/१२ को नीतिमा केहि लचकता आउन सक्ने अड्कल काट्दै थिए। उनको निलम्बन अघि अर्थमन्त्री जनार्दन शर्माले सार्बजनिक कार्यक्रममै शेयर धितो कर्जामा ४/१२ को क्याप किन लगाईयो भनि  उनीसँग प्रश्न गरेका थिए। यसबाट अर्थमन्त्रीलाई पनि राष्ट्र बैंकले लिएको यो नीति मन नपरेको र अधिकारीको निलम्बनसँगै अब ४/१२ संशोधन हुनसक्ने भन्ने तर्क धेरैले गर्दै आएका थिए।  

तर अदालतको यो फैसला पछि राष्ट्र बैंकको गभर्नरको रुपमा अधिकारीले नै निरन्तरता पाउन सक्ने सम्भावना बढेर गएको छ। हुनत बैशाख १३ गते थप छलफलका लागि सर्बोच्चले दुबै पक्षलाई डाकेको छ तर जुन हिसाबले अहिले सर्बोच्चले फैसला गरेको छ, त्यसलाई अध्ययन गर्दा अन्तिम फैसला पनि अधिकारीकै पक्षमा हुने सम्भावना बलियो देखिएको छ।  

यो सेरोफेरोमा राष्ट्र बैंकको ४/१२ को नीतिले सेयर बजार घटिरहेको लगानीकर्ताहरुको गुनासो छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने अर्थसंसारको प्रश्नको जवाफ दिँदै लगानीकर्ताहरुको यो गुनासोलाई आफुले 'ब्याक इन माइन्ड' मा राख्ने उनले बताए। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको मिति नजिकिदै छ। बैशाखको आधाआधी हुनै लाग्दा १२ करोड भन्दा बढी सेयर धितोकर्जा लिएका कतिपय लगानीकर्ताहरुले असार मसान्तमा जसरी पनि सेटलमेन्ट गर्नुपर्ने अवस्था छ। सेयर बजार निरन्तर ओरालो यात्रामा छ। अब यो अवस्थामा जसरी पनि सेटलमेन्ट गर्नुपर्ने अवस्थाका लगानीकर्ताहरुले बाध्यात्मक रुपमा सेयर बिक्रि गर्नुपर्दा त्यसले बजारलाई थप प्यानिक बनाउन सक्ने सम्भावना रहन्छ। कमसेकम  १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिएकाहरुलाई लोन सेटलमेन्ट गर्न अर्को १/२ बर्षको समय राष्ट्र बैंकले थपिदिएको खण्डमा समग्र सेयर बजारले राहत महसुस गर्ने थियो भन्ने सन्धर्भमा उनले आफुले यी कुराहरुलाई 'दिमागमा राख्ने' अधिकारीले बताएका छन। आफू अहिले अदालतको अल्पकालीन आदेशमा काममा फर्किएको भन्दै धेरै बोल्न नचाहेका अधिकारीले आफ्नो कार्यकालको निरन्तरता रहे ४/१२ को विषयमा केहि सम्बोधन गर्ने संकेत पनि  दिएका छन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको