सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले त्यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको प्रति विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन । सिरीया सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।
सो समयदेखि नै सीरीयामा आर्थिक संकट निम्तिएको भन्दै त्यहाँका अधिकारीहरूले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन । संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघर्ष गर्नु परिरहेको जनाएको छ ।
खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताहरूको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको राष्ट्रसंघको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस