Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक अवकाश कोषद्वारा ७६ प्रतिशत लाभांश वितरण

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १४ : ४८ मा प्रकाशित

एनसीसी बैंक अवकाश कोषद्वारा ७६ प्रतिशत लाभांश वितरण

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार,आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १९ वर्षदेखि छुट्टै यूनिटको रुपमा सञ्चालित एन.सी.सी.बैंक अवकाश कोषले सञ्चित बचतको ७६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

काेषले गत २०७८ आषाढ मसान्तसम्मको संचित बचत (Surplus) बाट ७६ प्रतिशत रकम जम्मा रु ३ करोड ७९ लाख ५० हजार ३ सय ९४ रुपैया यस अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई सोहि अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १ प्रतिशत लाभांश रकम निजहरुकाे सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेकाे हाे । 

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत (Surplus) रकमबाट आफ्ना बचत कर्ताहरुलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजारसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62724299c92fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको