Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले थप्याे २ वटा नयाँ शाखा

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १६ : २३ मा प्रकाशित

लुम्बिनी विकास बैंकले थप्याे २ वटा नयाँ शाखा

लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले वैशाख २१ गतेदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् । 

बैंकको कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले  र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् ।

आज खोलिएको दुई शाखासहित बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको