Like us!
Follow us!
Connect us!
Watch us!

हामी वाक स्वतन्त्रताको सम्मान गर्छौँ : बालेन शाह

अर्थ संसार

शनिबार, २४ बैशाख २०७९, १९ : ५१ मा प्रकाशित

हामी वाक स्वतन्त्रताको सम्मान गर्छौँ : बालेन शाह

काठमाडौँको मेयरमा उम्मेद्वार बालेन शाहले सबैले आफ्नो विचार राख्न पाउने र स्वतन्त्रता उपभोग गर्न पाउने पर्ने बताएको छन्। आफ्नो सामाजिक संजालको अधिकारिक पेज  मार्फट उनी लेख्छन 

"हामी यस्तो अभियानमा छौँ, जहाँ लोकतन्त्र र नागरिक नै सर्वोपरी हुनेछ । यसका लागि हामीले कसैको पनि देवत्वकरण वा दानवीकरण गर्ने पक्षमा छैनौँ । कसैको अहित नहुने गरेर सबैले आफ्नो विचार राख्न पाउने वा स्वतन्त्रता उपभोग गर्न पाउने हुनु पर्छ । हामी वाक स्वतन्त्रताको सम्मान गर्छौँ ।

हामी नेवा: संस्कृतिबाट सिञ्चित सभ्यतामा छौँ, जहाँ आपसी सदभाव र विविधताको सम्मान गरिन्छ । नेवा: सभ्यताको सम्मानका लागि पनि हामीले यी सबै कुराको सम्मान गर्नै पर्छ ।

यसै पनि, उन्नत लोकतन्त्रका लागि नागरिक र सञ्चारमाध्यमले सरोकारवालालाई खबरदारी गरिरहनु पर्छ । नागरिक र सञ्चारमाध्यमले गरेका खबरदारीहरुबाट आफुलाई सच्याएर सरोकारवालाले अगाडि बढ्दा मात्रै वास्तविक लोकतन्त्रप्राप्त गर्न सकिन्छ भने जनजिविकाका समस्याहरुको पनि सहि समाधान भएर सुलभ जीवनशैली हासिल गर्न सकिन्छ ।

हामी र हाम्रो अभियानप्रति तपाईहरुले देखाउनु भएको समर्थनसँग हामी आभारी छौँ । रचनात्मक र लोकतान्त्रिक साथ सहयोगको अपेक्षा गरिरहने छौँ ।"



अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको