Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र बिकाउनै मुस्किल: सेञ्चुरी र एनएमबि बैंकको ऋणपत्रको म्याद थप

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, ०८ : ५८ मा प्रकाशित

ऋणपत्र बिकाउनै मुस्किल: सेञ्चुरी र एनएमबि बैंकको ऋणपत्रको म्याद थप

बजारमा बैंकहरुले निस्काशन गरेका ऋणपत्रमा सर्वसाधारण कम आक्रिषित हुने गरेका छन्। जसको कारण बैंक तथा वित्तिय संस्थाले खुलाएको ऋणपत्रमा समय थप गरेका छन्। 

सेञ्चुरी कमर्शियल बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ‘खुल्ला गरेको '१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ को समय थप गरेको छ । अब जेठ ४ गते सम्म ऋणपत्रमा आवेदन दिन सकिने छ। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। ऋणपत्रको व्याज १० प्रतिशत रहने छ। 

कले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको कामग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ता कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकको एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४

वैशाख २१ बाटै खुल्ला भएको एनएमबि बैंकको उर्जा ऋणपत्रको पनु आवेदन दिने समय थप गरिएको छ।   १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरिएको ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ।  यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।​ बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै छ।  ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत दुबै ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको