Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको नाफामा सामान्य गिरावट, बढ्याे खुद ब्याज आम्दानी

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १३ : ०० मा प्रकाशित

युनिक नेपाल लघुवित्तको नाफामा सामान्य गिरावट, बढ्याे खुद ब्याज आम्दानी

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा  ७ करोड २७ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ९४ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने १०.३४ प्रतिशतले बढेर २० करोड ६२ लाख ३९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १८ करोड ६९ लाख रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड २७ लाख रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे छ । गत वर्ष संस्था १६ करोड ९४ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा २४ करोड ९६ लाख ७६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ६५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ३२५ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62776ec110608.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको