Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १७ : ०५ मा प्रकाशित

२ अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी भने स्थिर रहेकाे हाे ।

वैशाख २३ गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २२ गते, बिहीबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ४३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप २ अर्बले बढेकाे हाे । यसै अवधिमा बैंकहरूकाे निक्षेप पनि २ अर्बले नै बढेर ४३ खर्ब ७३ अर्ब पुगेकाे छ ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४१ खर्ब ९० अर्ब रुपैयाँमा स्थिर रहेकाे छ ।  

बैंकहरूकाे निक्षेप बढ्दा सीडी रेसियो घटेकाे छ । वैशाख २२ गते औसतमा ९०.५८ प्रतिशत रहेको सीडी रेसियो वैशाख २३ गतेसम्ममा बढेर ९०.५२ प्रतिशत छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको