Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको नाफा बढ्यो ईपीएस घट्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, ११ : ५१ मा प्रकाशित

साना किसान लघुवित्तको नाफा बढ्यो ईपीएस घट्यो, कस्ता छन् अन्य सूचक ?

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ५० करोड २५ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४६ करोड १४ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख ४२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ९० करोड ४२ लाख ४६ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ७१ करोड ६९ लाख २० हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे छ । उक्त रकम अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा ८.५८ प्रतिशतले धेरै हाे । गत वर्ष संस्थाले ६६ करोड २ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे थियाे ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ४४ करोड ६४ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6278b05ee9c82.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको