Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, १५ : ५२ मा प्रकाशित

५ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेको हाे ।

वैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ५ अर्बले बढेकाे हाे । वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेकाे छ । वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकहरूकाे सिडी रेसियाे ९०.८१ प्रतिशत रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको