Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको नाफा घट्याे आम्दानी बढ्याे, ईपीएस के भयाे ?

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, ११ : २६ मा प्रकाशित

टेलिकमको नाफा घट्याे आम्दानी बढ्याे, ईपीएस के भयाे ?

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा टेलिकमकाे खुद नाफा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ७.६३ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ नाफा कमाएकाे थियो। 

समिक्षा अवधिसम्म टेलिकमकाे सेवा व्यापारबाट हुने आम्दानी भने बढेर २८ अर्ब २१ करोड ९७ लाख १२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा टेलिकमले सेवा व्यापारबाट २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा टेलिकमले अन्य श्राेतबाट ४ अर्ब ३१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेकाे छ । गत वर्षको यसै अवधिमा टेलिकमले अन्य श्राेतबाट ४ अर्ब २२ करोड २४ लाख २१ हजार रुपैयाँ आम्दानी गरेकाे थियाे ।

त्यस्तै, टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा काेषमा ७४ अर्ब ११ करोड रूपैयाँ सञ्चित रहेको छ । टेलिकमकाे प्रतिसेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ २६ पैसामा झरेको छ । टेलिकमकाे प्रतिसेयर नेटवर्थ ५११ रुपैयाँ ७७ पैसा रहेकाे छ ।

टेलिकमले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

627b4f5d82109.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको