Like us!
Follow us!
Connect us!
Watch us!

लगातार सर्किट लागिरहेको जाल्पा सामुदायिक लघुवित्तको कस्तो आयो वित्तीय विवरण ?

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १२ : ३८ मा प्रकाशित

लगातार सर्किट लागिरहेको जाल्पा सामुदायिक लघुवित्तको कस्तो आयो वित्तीय विवरण ?

दाेश्राे बजारमा काराेबार सुरू भएदेखि नै लगातार जसाे सकारात्मक सर्किट लागिरहेकाे जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ६४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड २९ लाख ७३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ५७.४३ प्रतिशतले बढेर २६ करोड ८५ लाख ६८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १७ करोड ५ लाख ९५ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ९१.९४ प्रतिशतले बढेर १० करोड ३३ लाख ९४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ५ करोड ३८ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ र जगेडा कोषमा ३८ करोड ६० लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी (ईपीएस) ७२ रूपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

627b5f1729aad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको