Like us!
Follow us!
Connect us!
Watch us!

जेठमा ब्याजदर नबढाउने सहमति

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १३ : ३० मा प्रकाशित

जेठमा ब्याजदर नबढाउने सहमति

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूकाे ब्याजदर नबढाउने निर्णय गरेको छ। हिजाे (मंगलबार) बसेकाे संघको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो ।

यसअघि चैत्र र वैशाख महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

यसअघि गत बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूकाे ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका थिए । गभर्नर अधिकारीकाे यस अभिव्यक्तिकाे चाैतर्फी आलोचना भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको