Like us!
Follow us!
Connect us!
Watch us!

बजार २३५० माथि क्लोज भएसँगै बहुप्रतिक्षित डाउन ट्रेन्ड ब्रेक, अबको यात्रा कस्तो रहला ?

बसन्त पाण्डे

बुधबार, २८ बैशाख २०७९, १६ : १७ मा प्रकाशित

बजार २३५० माथि क्लोज भएसँगै बहुप्रतिक्षित डाउन ट्रेन्ड ब्रेक, अबको यात्रा कस्तो रहला ?

आज बुधबार नेप्से उत्साहजनक रुपमा बढेको छ। नेप्से परिसूचकमा ५६.०६ अंकको वृद्धि भएको छ भने बजार २३६९.०७ को बिन्दुमा क्लोज भएको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ। डेढ अर्बको हाराहारीमा खुम्चिएको कारोबार बढेर २ अर्ब १६ करोडको हाराहारीमा पुगेको छ। 

हिजोको विश्लेषणमा हामीले कसरी ५५ मिनेटको अवधिसम्म बजार २/३ अंकको वरिपरि नै घुमिरह्यो र सेयरहरु एकुमुलेसन भयो भन्ने तथ्य प्रस्तुत गरेका थियौं। हिजो र आज दुई दिनको कारोबारको प्याटर्न हेर्दा बजार संयमित तरिकाले बिस्तारै सप्लाई एब्जर्भ गर्दै माथितिर लाग्दै गरेको देखिन्छ। विशेषगरी हाइड्रोपावर सेक्टरका कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण रहेको देखिन्छ। 

आज विशेष के भयो बजारमा ?

आजको सबैभन्दा चाखलाग्दो कुरा भनेको नेप्से परिसूचक २९२० बाट तलतिर झर्ने क्रममा बनेको डाउन ट्रेन्ड ब्रेक हुनु हो। यसअघि ३ पटक डाउन ट्रेन्डलाइन लाइ टेस्ट गर्न गए तापनि ट्रेन्ड ब्रेक गर्न सकेको थिएन। तर आज एभरेजभन्दा बढी भोलुमसहित २३५० को लेभललाई ब्रेक गर्दै नेप्सेले डाउन ट्रेन्ड ब्रेक गरेको हो। बुलिश मारुबोजु क्यान्डल बनाउँदै उच्च कारोबार सहित डाउन ट्रेन्डलाइनलाई ब्रेक गर्नुले बजारमा राम्रो मुभ आउन सक्ने अपेक्षा गर्न सकिन्छ। 

धेरैपछि ब्रेक भयो बोलिंगर ब्याण्डको मिडल ब्याण्ड 

बजार डाउन ट्रेन्डमा रहँदा बोलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ ब्रेक गरेर माथि जान नसक्ने ट्रेन्ड बनेको थियो। नेप्सेको डेली चार्टमा २८६० को बिन्दुबाट नेप्सेले बोलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ ब्रेक गरेर तलतिर लागिसकेपछि मिडल ब्याण्डभन्दा माथि क्यान्डलहरु बन्न सकेको थिएन। तर आज २३४५ को बिन्दुभन्दा निकै माथि बजार क्लोज हुँदै लामो समयदेखि ब्रेक हुन नसकेको मिडल ब्याण्ड ब्रेक भएको छ। 

दुई हप्तापछि २ अर्ब माथिको कारोबार 

यसअघि अप्रिल २५ मा दुई अर्बभन्दा माथिको कारोबार भएको थियो। त्यसपछि औसतमा १ अर्ब ५० करोडजतिको मात्रै कारोबार हुन थाल्यो। आज करिब २ हप्तापछि २ अर्बभन्दा माथिको कारोबार भएको छ। विशेषगरी महत्वपूर्ण ट्रेन्डलाइ ब्रेक गर्दा कारोबार रकम बढ्नुलाइ प्राविधिक विश्लेषणमा निकै महत्वका साथ हेर्ने गरिन्छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको