बैंकहरूकाे निक्षेप संकलन ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख २६ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २४ गते, शनिबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ४४ अर्ब रूपैयाँ रहेकाे थियाे । २ दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले बढेर ४३ खर्ब ७५ अर्ब पुगेकाे छ ।
बैंकहरूको कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ९२ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब २४ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.५७ प्रतिशतबाट घटेर ९०.५० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस