Like us!
Follow us!
Connect us!
Watch us!

१६.५० प्रतिशतले घट्यो कुल विदेशी विनिमय सञ्चिति, साढे ६ महिना धान्ने

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १७ : ०१ मा प्रकाशित

१६.५० प्रतिशतले घट्यो कुल विदेशी विनिमय सञ्चिति, साढे ६ महिना धान्ने

चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.५० प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो । २०७८ चै मसान्तमा आइपुग्दा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ अर्ब डलर कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो सिञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नेछ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा १७.९ प्रतिशतले घटेर १० खर्ब २१ अर्ब ४५ करोड रूपैयाँ कायम भएको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । जुन चैत्र महिनासम्म ५.१ प्रतिशत घटेर १ खर्ब ४६ अर्ब ४८ करोड रूपैयाँ कायम भएको छ । 

२०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको