Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मुद्दतिमा राख्दा १२% सम्म ब्याज पाउने, ऋणमा कति ब्याज?

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, १९ : ३३ मा प्रकाशित

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मुद्दतिमा राख्दा १२% सम्म ब्याज पाउने, ऋणमा कति ब्याज?

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याजमा व्यक्तिगतलाई १२ प्रतिशत,संस्थागतलाई ११ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर १०.४९  प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७.५० प्रतिशत सम्म थप गरेर ब्याज तिर्नु पर्नेछ। 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :-

627fb50565746.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको