बैंकहरूकाे निक्षेप संकलन ८ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ २ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २८ गते, बुधबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ३७ अर्ब रूपैयाँ रहेकाे थियाे । ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ८ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ५ अर्बले बढेर ४३ खर्ब ६७ अर्ब पुगेकाे छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५ अर्बले घटेर ४१ खर्ब ८५ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब १६ अर्बमा झरेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.८० प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस