Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा विशेष छुट

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १७ : ५९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । 

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको