Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाकाे नायव प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १७ : ५४ मा प्रकाशित

एनआईसी एशियाकाे नायव प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

बैंककाे जेठ ८ गते बसेकाे सञ्चालक समितिको बैठकले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे ।

उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले २०७९ श्रावण १ देखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएकाे छ ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका सन्तोष कुमार राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । 

नेपालको बैंकिङ्ग क्षेत्रमा करिव २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

628ccd644af90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको