अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०७८र७९ पेश गरेका छन् । मन्त्री शर्माले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा अगाडी आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । मन्त्री शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा नेपालको पूँजी बजारका विभिन्न कुराहरु पनि समेटिएका छन् ।
आर्थिक सर्वेक्षणमा पूँजीबजार सम्बन्धमा उल्लेख गरिएका कुराहरुः
पुँजीबजार
४.४३ २०७७ फागुन मसान्तमा २,४५८.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७८ फागुन मसान्तमा २६६८.१ विन्दु कायम भएको छ । २०७८ असार मसान्तमा नेप्से सूचकाङ्क २८८३.४ विन्दु पुगेको थियो। २०७८ भाद्र २ गते नेप्से सूचकाङ्क ३१९९.० विन्दुमा पुगेको थियो जुन
हालसम्मकै उच्च हो।
४.४४ २०७८ फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरको चुक्ता मूल्य रू.६खर्ब ५१ अर्ब २१ करोड पुगेको छ । २०७७ फागुनसम्म यस्तो मूल्य रू.५ खर्ब ५१ अर्ब ६८ करोड रहेको थियो ।
४.४५ आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म प्राथमिक बजार मार्फत रू.२१ अर्ब ४५ करोड बराबरको पुँजी परिचालन भएको छ। यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशन मार्फत रू.२ अर्ब ८४ करोड, हकप्रद शेयर निष्काशन मार्फत रू.३ अर्ब ११ करोड, ऋणपत्र मार्फत रू.१२ अर्ब र म्युचुअल फन्ड मार्फत रू.३ अर्ब ५० करोड पुँजी परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजार मार्फत रू.४६ अर्ब ९७ करोड पुँजी परिचालन भएको थियो।
४.४६ २०७७ फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या २१७ रहेकोमा २०७८ फागुन मसान्तमा २२८ पुगेको छ ।
४.४७ २०७८ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण २०७७ फागुन मसान्तको तुलनामा ११.७ प्रतिशतले वृद्धि भई रू.३७ खर्ब ८२ अर्ब ७९ करोड पुगेको छ । कुल गार्हस्थ्य उत्पादनसँग बजार पुँजीकरणको अनुपात ७८.० प्रतिशत रहेको छ ।
४.४८ आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म धितोपत्र कारोबार रकम रू.१० खर्ब ५३ अर्ब ९८ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा धितोपत्र कारोबार रकम रू.७ खर्ब १६ अर्ब ९३ करोड रहेको थियो ।
४.४९ आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म धितोपत्र निक्षेप तथा राफसाफको सेवा प्रदान गरिरहेको सिडिएससीमा दर्ता भएका कम्पनीको सङ्ख्या २१७ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म सिडिएससीमा दर्ता भएका निक्षेप सदस्यहरूको सङ्ख्या ८२ पुगेको छ र निक्षेप सदस्यहरूले ७७ जिल्लाबाट नै निक्षेप सेवा उपलब्ध गराउँदै आएका छन्।
४.५० २०७८ फागुन मसान्तसम्म अभौतिकृत धितोपत्रको सङ्ख्या ८ अर्ब ३९ करोड ८ लाख पुगेको छ। २०७७ फागुन मसान्तमा यस्तो सङ्ख्या ६ अर्ब २६ करोड २४ लाख रहेको थियो।
४.५१ प्राथमिक निष्काशनमा हितग्राही खाता अनिवार्य गरेसँगै हितग्राही खाता खोल्नेको सङख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। २०७८ फागुनसम्म हितग्राही खाताको सङ्ख्या ५० लाख ९६ हजार पुगेको छ । २०७७ फागुन मसान्तमा यस्तो सङ्ख्या ३१ लाख ९४ हजार रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस