यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेको हाे ।
जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ६ अर्बले बढेकाे हाे । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्बले बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेकाे छ । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस