Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डको आकार बृद्धि

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, २१ : ५८ मा प्रकाशित

एनआईबिएल सहभागिता फण्डको आकार बृद्धि

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाको आकार बृद्धि गरिएको छ ।

यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रु. ५० करोड अर्थात ५ करोड इकाई रहेकोमा मिति २०७९/०२/१७ गतेका दिन देखि लागु हुने गरि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए अनुरुप सो आकार बृद्धि गरि रु. १ अर्ब अर्थात १० करोड इकाई कायम गरिएको छ ।

योजनाको इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिने छ । साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोहि कार्यालयहरुमा सम्पर्क गर्नहुन आग्रह गरेको छ ।  

6298e2b5d18dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको