Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपको ब्याजदर नबढाउने तयारी, लगानीकर्ता भन्छन्-‘गभर्नरले बजार प्यानिक मात्र बनाए’

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, ०७ : ५२ मा प्रकाशित

निक्षेपको ब्याजदर नबढाउने तयारी, लगानीकर्ता भन्छन्-‘गभर्नरले बजार प्यानिक मात्र बनाए’

वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने तयारी गरेका छन् । ब्यादर बढेपनि निक्षेप नबढ्ने देखेर उनिहरु यस्तो निर्णयमा पुगेका हुन् । तर अहिलेसम्म भने बैंकर्स संघले कुनै औपचारिक निर्णय भने गरेको छैन ।

यसअघि चैत्र, बैशाख र जेठ महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेन। ब्याजदर बढाउँदा पनि निक्षेपमा सुधार हुन नसकेपछि कस्ट अफ फण्ड बढाउन किन ब्याजदर बढाउनु भन्ने निष्कर्षमा बैंकरहरु पुगेका हुन् ।

यता बैंकहरुले ब्याजर नबढाउने तयारी गरेसंगै पूँजीबजारका लगानीकर्ताहरु गभर्नरसंग थप चिढिएका छन् । गभर्नर महाप्रसाद अधिकारीले गत महिनादेखि नै बैंकहरुको ब्याजदर बढ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए जसका का।ण पनि केहि हदसम्म सेयर बजार प्यानिक बनेको उनिहरुको तर्क छ । 

ब्याजदरमा बारेमा जथाभावी बोल्ने बजार प्यानिक भयो अब त्यसको क्षतिपुर्ति समेत गर्भनरले दिनुपर्ने बताउछन् सक्रिय लगानीकर्ता डम्बर लामिछाने । ब्याजदर थप बढ्दा पूँजीबजारको पैसा पनि मुद्दति निक्षेपमा जान्छ भनेर कतिपय लगानीकर्ताहरुले प्यानिक भएर सेयर बेचे, गभर्नर जस्तो गरिमामय पदमा बसेको मान्छेले यसरी जथाभावी बोल्न मिल्छ उनले प्रश्न गरे यदि साच्चिकै देशमा कानुन र नियम हुने हो भने यसरी बोल्ने गभर्नरलाई कारबाही हुन पर्छ उनको अभिव्यक्तिले बजारमा जुन नोक्सानी भयो त्यसको क्षतिपुर्ति कसले दिन्छ ? 

वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको